कस्तो हुनुपर्छ नमुना विद्यालय ?



काठमाडौं । काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय संचालनका लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ ।

नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई स्कुल, भानु, संस्कृत र कन्या माविलाई नमुना विद्यालयका रुपमा घोषणा गरेको छ ।

कामपाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यी विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको हो ।

विद्यालयलाई थप गुणस्तर र अन्य विद्यालयभन्दा अतिरिक्त कार्यक्रम सञ्चालनका लागि यस वर्ष एक करोड बजेट विनियोजन गरेको छ ।

घोषणा गरिएका ती नमुना विद्यालयमा विशेषगरी ऐतिहासिक सम्पदा, सहरी कृषि र कलाको आवश्यकता र महत्वका बारेमा विद्यार्थीलाई अतिरिक्त समय मिलाएर पठनपाठन गराइने कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिइन् । सल्लाहकार अर्यालले भनिन्, “नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ, त्यसका लागि कामपा प्रयासरत छ ।”

के पढाइन्छ नमुना विद्यालयमा

कामपाका नमुना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाका बारेमा पठनपाठन गराइने कामपाको योजना रहेको छ । नमुना विद्यालयअन्तर्गत कन्या माविमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे विद्यार्थीलाई ज्ञान दिइनेछ ।

ऐतिहासिक सम्पदाको संरक्षणले समाज व्यवस्थापनका लागि कसरी सहयोग पुग्छ । दैनिक जीवनमा प्राकृतिक सम्पदाको स्रोतहरूले कसरी प्रभाव पार्छ, त्यसलाई बचाउन किन आवश्यक छ भन्नेबारे अध्यापन गराइनेछ ।

त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुन सक्छ । सहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्नेबारे सिकाइन्छ ।

त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ । पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षण जस्ता विषय यसमा समावेश हुनेछन् ।

जसका लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ । हेर्दा सामान्य लागे पनि तीनवटै विद्यालयमा पठनपाठन गर्ने शिक्षा व्यावहारिक रहने विश्वास कामपाले लिएको छ । उक्त शिक्षा अतिरिक्त समयमा अध्ययन गराइनेछ ।

कस्तो हुनुपर्छ नमुना विद्यालय

नमुना विद्यालय अन्य विद्यालयभन्दा फरक हुन्छ । जहाँ विद्यार्थीलाई फरक किसिमको क्रियाकलापमा सहभागी गराइन्छ । जुन विद्यालय नमुना हो त्यहाँ प्रविधिको सहज पहुँच, गुणस्तरीय शिक्षा, आन्तरिक कार्यक्रम, विद्यार्थी सङ्ख्याका आधारमा आवश्यक विषयगत शिक्षक दरबन्दीजस्ता विषय अनिवार्य समावेश हुनुपर्छ । आधुनिक पुस्तकालयको व्यवस्था जसको कारण नमुना विद्यालयहरू अन्य विद्यालयभन्दा गुणस्तरीय बन्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर । विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो नगर

विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने अनेरास्ववियुको निर्णय

काठमाडौँ । अनेरास्ववियुले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ

किन पढ्ने दर्शनशास्त्र ?

-डा. गोविन्दशरण उपाध्याय दर्शनशास्त्र निकै परिचित विषय हो । राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. मिश्र नियुक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी