शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार आयोजित विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि समन्वय र सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्वय र सहकार्यमार्फत शैक्षिक सुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभावकारी बनाउन दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

“शैक्षिक नीति तथा कार्यक्रमलाई गाउँपालिकामा प्रभावकारीरूपमा कार्यान्वयन गरी सबै बालबालिकालाई गुणस्तरयुक्त विद्यालय शिक्षा उपलब्ध गराउने समझदारीपत्रको उद्देश्य हो”, उनले भने, “यसले मन्त्रालय र गाउँपालिकाबीचको सम्बन्ध थप नजिक हुने र संविधान कार्यान्वयनमा सहज हुने विश्वास लिएको छु ।”

महासङ्घले विद्यालय शिक्षासँग सम्बन्धित राष्ट्रिय नीति, योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा आवश्यकताअनुसार मन्त्रालयसँग समन्वय, राय, सल्लाह र सुझाव दिनेछ । समझदारी कार्यान्वयनको क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । समझदारीको समयावधि आव २०८३/०८४ सम्म रहने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गाउँपालिकाको शैक्षिक योजना निर्माण एवं कार्यान्वयनमा आवश्यक प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । दीगो विकास लक्ष्य पञ्चवर्षीय योजना, सरकारका शैक्षिक नीति योजना तथा कार्यक्रम सम्बन्धमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासमा मन्त्रालयले काम गर्ने मन्त्रालयको शिक्षा सचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।

विद्यालय तहको शिक्षाका सबै विषयमा छलफल गरी तिनमा गर्नुपर्ने सुधारलाई नियमित गर्न तथा गाउँपालिकामार्फत कार्यान्वयन हुने कार्यक्रमको नियमित प्रगति प्रतिवेदन प्राप्तिमा सहजीकरण हुने लक्ष्य रहेको छ । समझादारीपत्रमा मन्त्रालयका सहसचिव डा हरि लम्साल र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता