शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गिन्छ : शिक्षामन्त्री



बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकको मर्यादाक्रम चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । उनले सङ्घीय शिक्षा ऐन विधायन समितिमा पुगेकाले मर्यादाक्रमको टुङ्गो चाँडै टुङ्गो लाग्ने बताए ।

शनिबार गलकोट र बुर्तिबाङमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रियामा उनले सङ्घीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिका रुपमा रहेको बताए ।

उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्वयगरी चाँडै टुङ्ग्याइने जानकारी दिए । उनले शिक्षकको तलब सुविधा, मर्यादाक्रमका विषयमा आफूले पहल गरिरहेको बताउँदै शिक्षकलाई ढुक्क हुन आग्रह गरे ।

मन्त्री पौडेलले आफूले शिक्षामा त्रिपक्षीय सुधार गरेको बताए । उनले शिक्षामा भौतिक, कानुनी र गुणस्तर सुधार गर्न आफू लागिपरेको बताए ।

सरकारले १० वर्षे विद्यालय सुधार योजना कार्यक्रमलाई अघि बढाएको भन्दै उनले शिक्षकको वृत्तिविकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको बताए ।

मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्याएको बताए ।

मन्त्री पौडेलले विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अतिन्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको