शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् ।

जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको अवस्थाबारे जानकारी लिन जाने गरेका छन् । का कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेका छन् ।

विद्यालयको वास्तविकताबारे जानकारी लिने उद्देश्यले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया गर्न थालेको उपप्रमुख सीता थापाले जानकारी दिइन् ।

उपप्रमुख थापा नगरपालिका भित्रका प्रायः सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि दरबन्दी अभाव, शैक्षिक सामग्रीको अभाव, विद्यार्थीको सङ्ख्या न्यूनलगायत समस्या देखिएको बताउँछिन् ।

नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभाजनदेखि विद्यार्थीको शैक्षिक उपलब्धीको मुल्याङ्कनलगायत अवस्थाबारेमा जानकारी लिने गरिएको छ ।

निरीक्षणपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझाव समेत शिक्षा शाखाले सम्बन्धीत विद्यालयलाई दिने गरेको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । “शैक्षिक क्रियाकलाप गुणस्तरीय र उपलब्धीमुलक बनाउन आवश्यक छ, यसमा हामी सक्दो सहयोग गछौँ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको