राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट



विराटनगर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मोरङका ९५ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मोरङका ९५ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले मोरङका स्थानीय तहलाई गरेको परिपत्रअनुसार मोरङको उर्लावारी नगरपालिकाका छ वटा, कटहरि गाउँपालिकाका तीन, कानेपोखरी गाउँपालिकाका छ, बेलवारी ननगरपालिकाका पाँच र ग्रामथान गाउँपालिकाका छ वटा विद्यालय छनोट भएका छन् ।

त्यस्तै जहदा गाउँपालिकाका चार, धनपालथान गाउँपालिकाका चार, पथरी शनिश्चरे नगरपालिकाका पाँच र विराटनगर महानगरपालिकाका १४ विद्यालय छनोट भएका छन् ।

केन्द्रले बुढीगङ्गा गाउँपालिकाका चार, बेलवारी नगरपालिकाका छ, मिक्लाजुङ गाउँपालिकाका छ, रतुवामाइ नगरपालिकाका पाँच, रङ्गेली नगरपालिकाका चार, सुनवर्षी नगरपालिकाका पाँच, सुन्दरहरैंचा नगरापलिकाका सात र लेटाङ नगरपालिकाका चार विद्यालय छनोट गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको