त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न शिक्षामन्त्रीको आग्रह



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त गर्न आग्रह गरेका छन्। शंकरदेव क्याम्पसमा आयोजित ६९ औं वाणिज्य दिवस तथा भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पठनपठानलाई नियमित गर्न विश्वविद्यालय तालामुक्त गर्नुपर्ने बताए।

‘त्रिभुवन विश्वि विद्यालयमा तमाम समस्या छन्। ती समस्याको समाधान सहमतिबाट गरौं,वार्ताबाट गरौं। विश्वविद्यालयलाई तालामुक्त गरौं,’उनले भने। उनले विश्विविद्यालयलाई तालामुक्त गर्न अभियानमा जुट्न समेत आग्रह गरे। शिक्षा सुधार्न सकिएन भने केही पनि सुधार्न नसकिने उनको भनाइ छ।

पठनपाठन राम्रो हुनलाई विश्विविद्यालयहरु राम्रो हुनुपर्ने उनले बताए।  उनले भने,’ शिक्षा सुधारका लागि विश्वविद्लाय राम्रो हुनुपर्छ। विश्वविद्यालय सुधारका निम्ति विश्विविद्यालमा भौतिक पूर्वाधार, शिक्षण सिकाइमा सुधार र कानुनी सुधार हुनु आवश्यक छ।’

उनले शंकरदेव क्याम्पसमा नेपालको मात्र नभइ अन्य देशका विद्यार्थीहरु पढ्न आउने वातावरण बनाउन आग्रह गरे। उनले भने,’ म्यानेजमेन्टको क्षेत्रमा शंकरदेव क्याम्पस राम्रो छ। यो क्याम्पसलाई हेर्नलायक बनाउनुपर्छ।’ उनले शंकरदेव क्याम्पस भवनको पुनरसंचरनाको लागि आफूले सक्दो सहयोग गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको