त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको आग्रह



काठमाडौं । नेपाल प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ ।

बिहीबार सङ्घका अध्यक्ष प्रा डा रमेशकुमार जोशीले विज्ञप्ति जारी गरी त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको बताएका छन् ।

उनले यस्ता अशोभनीय कार्यको छिटोभन्दा छिटो प्राज्ञिक संवादको अभ्यासबाट समाधान निकाल्न आग्रह गरेका हुन् । विभिन्न प्रकारका माग राखी तालाबन्दी गर्ने, भौतिक दबाव दिने जस्ता क्रियाकलापले प्राज्ञिक बहसको स्थलका रुपमा रहेको त्रिविमा अप्राज्ञिक एवं अमर्यादित गतिविधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको