गाउँमै विद्यालय बनेपछि बालबालिकालाई सहज



तेह्रथुम । स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो ।

विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण भएको हो । सिरिसेमा विद्यालय भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु भएको छ । बाल कक्षामा २० विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताइन् ।

बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय जान बाध्य थिए । तर गाउँमै विद्यालय भवन बनेर पढाइ सुरु भएपछि यहाँका बालबालिकालाई सहज भएको छ ।

विद्यालय स्थापनासँगै आधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गर्ने तयारी भइरहेको नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए । विद्यालयमा बालबालिकालाई कम्प्युटर शिक्षाका साथै दृश्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा