योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्यिसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफाबार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गरेपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो ।

छलफलमा उठेका विषयमा स्पष्ट पार्दै मन्त्री पौडेलले नेपाली महिला मुक्ति आन्दोलनकी अग्रणी योगमायाको नाममा अरुण उपत्यकामा स्थापना हुने सो विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत ल्याई आयुर्वेदिक विषयमा खोज अनुसन्धान हुने बताए ।

आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न यो विधेयक ल्याइएको हो । यो विधेयक प्रमाणीकरण भएको ३१औँ दिनदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा