प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिलाई कारबाही हुन्छः उपकुलपति बास्कोटा



काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिलाई तत्काल कारबाही हुने बताएका छन् ।

बिहीबार संसदको शिक्षा तथा स्थास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफलमा शिक्षामन्त्री पौडेलले प्रश्नपत्र बाहिर ल्याउने सबैलाई तत्काल कारबाही गरिने बताएका हुन् ।

उनले अब त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने भएकाले पनि प्रश्न उठ्ने गरेको बताए । छलफलमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्व विद्यालयको समस्या थोरै औषधिले निको नहुने बताए ।

उनले अब उच्च शिक्षा बदल्नको लागि त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नु आवश्यक भएको बताए । त्यस्तै नेकपा एमालेका सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापनबाट भएका कमीकजोरीहरु तत्काल सुधार गर्नुपर्ने बताए । उनले विद्यालयले स्नातकोत्तर तहको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउन संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरे ।

उनले नेपालको सबैभन्दा ठूलो विश्वविद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक त्यो पनि परीक्षामा प्रश्नपत्र बाहिरएको विषयमा छलफल गर्नु राम्रो नभएको बताए ।

उनले त्रिभूवन विद्यालयमा विद्यार्थीहरुले अनैतिक काम गर्दा विश्वविद्यालय रमिता हेरेर बस्न नहुने बताए । बैठकमा विश्व विद्यालयमा उपकुलपति डा. धर्मकान्त बास्कोटाले स्नातकोत्तर तहको पहिलो सेमेस्टार राजनीति शास्त्रको प्रश्नपत्र बाहिर आएको स्वीकार गरे । उनले छानबिन समितिले प्रश्नबाहिर ल्याउन संलग्नलाई कारबाही गर्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा