बैतडीका दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै



बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ । कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

उनले भने, “विद्यालयमा इन्टरनेट जडान भएपछि प्राविधिक विषयको पठनपाठन गर्न सहज हुने विश्वास छ । विद्यालयलाई प्रविधिमैत्री सहज हुनेछ ।”

ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकाका २७ विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको छ । इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरण विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको इन्टरनेटमा पहुँच पुर्याउन प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा