विद्यालय छाडेका बालिकालाई शिक्षामा टिकाउन चुनौती



काठमाडौं । विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि र विद्यालय छाडेका बालिकालाई विद्यालयमा टिकाइराख्न बजेट वृद्धि र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) ले शुक्रार आयोजना गरेको विज्ञहरुसँगको छलफल कार्यक्रममा संविधानको मौलिक हकमा शिक्षालाई राखिएको र आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको कानूनी प्रबन्ध भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताइएको हो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै सिजपका पूर्वअध्यक्ष नरेन्द्र डङ्गोलले विशेष संरक्षण आवश्यक भएका बालबालिकाको शिक्षाका लागि लगानी बढाउनुपर्ने र त्यस्ता अभिभावकलाई आर्थिक सहयोग गर्नुपर्ने बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७६ अनुसार प्राथमिक तहको खुद भर्नादर ९७ दशमलव एक प्रतिशत र आधारभूत तहको खुद भर्नादर ९३ दशमलव नौ प्रतिशत रहेको छ ।

सो प्रतिवेदन अनुसार ३९ दशमलव तीन प्रतिशत बालबालिका माध्यमिक तह पूरा नगरी कक्षा दोहोर्याउन वा विद्यालय छाड्न विवश छन् ।

कार्यक्रममा सिजपका पूर्वअध्यक्ष भानु पराजुली, महासचिव मीना शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका महासचिव लालबहादुर वली, एजुकेशन वाच ग्रुपका सदस्य कृष्णचन्द्र आचार्य, प्लान नेपालकी शान्ति उपाध्याय, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाललगायतले संविधानतः आधारभूत तह निःशुल्क भनिएपछि सामुदायिक विद्यलायमा कुनै पनि प्रकारको शुल्क लिइन नहुने र घोषित छात्रवृत्तिहरु पारदर्शीरूपमा लक्षित समुदायमा वितरण हनुपर्नेमा जोड दिएका थिए ।

छलफलबाट प्राप्त सुझावलाई ज्ञापनपत्रका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश सरकार र स्थानीय तहलाई हस्तान्तरण गरिने सिजपका सचिवालय संयोजक गोपाल ढुङ्गेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो