पिइएले १ हजार १ विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने



काठमाडौं । पिइए एशोसिएशन प्रालिले इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षामा एक हजार एकसम्म विद्यार्थीका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ ।

सो संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी इन्जिनियरिङ विषयमा गुणस्तरीय तयारी कक्षासहित विद्यार्थीको सिकाइमा सहजता र प्रभावकारिता ल्याउन यस वर्षदेखि ‘पिइए मेन्टर्स डिजिटल प्लेटफर्म’ मार्फत इन्जिनियरिङ प्रवेश परीक्षाको पूर्ण तयारी अनलाइनका माध्यमबाट पनि गराउने भएको जानकारी दिएको हो ।

संस्थाका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण पोखरेलले यस कोर्षले दूरदराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौँमै रहेर पनि विभिन्न भौतिक तथा अनलाइन कोर्षमा आबद्ध हुने विद्यार्थीलाई समेत अध्ययन तथा परीक्षा तयारीमा सहजता हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर, नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, एनप्याब्सनका सहअध्यक्ष सुभाष न्यौपानेलगायतले आर्थिकरूपमा विपन्न र जेहेन्दार विद्यार्थीका लागि उक्त छात्रवृत्ति उपयोगी हुने र स्वदेशमै उत्कृष्ट उच्च शिक्षा हासिल गरी दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने मान्यतालाई बल पुग्ने बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यू, के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होइन ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन

विद्यालय शिक्षा विधेयक छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

काठमाडौं । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको छ ।

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई

पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पहिलोपटक पोखरामा इन्जिनियर व्यवसायी दर्ताको अनुमतिपत्र (लाइसेन्स) परीक्षा