सामुदायिक विद्यालयमा विद्यार्थीको चाप



नेपालगंज । बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए ।

उनकाअनुसार धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको हो । विद्यार्थीको चापअनुसारको कक्षा कोठासँगै बस्ने डेस्क, बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ ।

सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र अभिभावकलाई भौतिक पूर्वाधारको कमीका कारण भर्ना गर्नका लागि ठाउँ छैन भनेर फर्काउनुपर्ने बाध्यता छ ।

विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले बताए । विद्यालयको भौतिक संरचना कक्षाकोठा र फर्निचर अभावका कारण सबै विद्यार्थीलाई भर्ना लिन असहज भएको उनले जानकारी दिए ।

सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म दुई हजार ७३७ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका छन् । बालविकास केन्द्रमा १११, कक्षा १ मा १२३, कक्षा २ मा ११४, कक्षा ३ मा ११२, कक्षा ४ मा १४५, कक्षा ५ मा १३१, कक्षा ६ मा १८९, कक्षा ७ मा २३७, कक्षा ८ मा २०८, कक्षा ९ मा २७३, कक्षा १० मा २३८, कक्ष ११ मा ४८० र कक्षा १२ मा ३७६ जना भर्ना भएका छन् ।

नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरूमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकाले विद्यालय दुई भागमा सञ्चालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको