पढाइ कार्यक्रमबाट सिकाइमा सुधार



काठमाडौं । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको समीक्षा गरिएको छ । नेपालको प्राथमिक तहका विद्यार्थीको पठन सीप विकास गर्न सन् २०१५ मा युएसएआइडी र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात वर्षे यात्राको आरम्भ गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले सो परियोजनाले सात वर्षमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले एकीकृत पाठ्यक्रमको कार्यान्वयन, शिक्षक पेसागत विकास र सहयोग, प्रारम्भिक कक्षाका बालबालिकाको सुदृढ पठन सीपबाट सिकाइ उपलब्धिमा सुधारमा सहयोग पुर्याएको बताए ।

सन् १९५० को दशकमा कलेज अफ एजुकेशनको स्थापनासँगै संयुक्त राज्य अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा सहयोगको थालनी गरेको थियो । त्यस बेलादेखि नै अमेरिकी सरकारले नेपाल सरकारसित सहकार्य तथा मुलुकको शिक्षाको गुणस्तर सुधारका निम्ति निरन्तररूपमा सहयोग उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो