शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच छलफल



काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा शिक्षामन्त्री पौडेलले नेपालका शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पुर्याउनेलगायत प्रस्ताव गरे ।

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष छिनले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले शिक्षा क्षेत्रमा एडीबीको निरन्तर सहयोग रहेकोसमेत स्मरण गराउँदै आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यावसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

  काठमाडौं । वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् ।  देशकै पहिलो बोर्डिङ स्कूल

विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउन सुझाव

काठमाडौँ । विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको

सरकारले पाँच वर्षभित्र सबै बालबालिकालाई कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने

काठमाडौं ।  सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

प्रकाश सिलवाल, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई