नेपालको शैक्षिक विकासमा सहयोग गर्ने क्यानडाका राजदूतको आश्वासन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेसँग आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालका शैक्षिक विकासका लागि दुबै जनाबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरे । उनले उच्च तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरे ।

“बर्सेनि दुईदेखि तीन हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्”, उनले भन, “विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालका लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।”

मन्त्री पौडेलले नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको बताउँदै यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गरे । राजदूत म्याकेले उच्च र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो