लगानीको सुरक्षाका लागि प्याब्सनको माग



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले लगानीको सुरक्षाका लागि राज्यसँग माग गरेको छ । ‘सीप, संस्कार र प्रविधिसहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ भन्ने मूल नाराका साथ यही चैत ९ र १० गते सम्पन्न प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित १५औँ केन्द्रीय कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा राज्यले ऐन कानुनमार्फत शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा र निरन्तरताको प्रत्याभूति गर्नुपर्ने माग गरिएको हो ।

महाधिवेशनमा देशभित्रका ७३ जिल्लाबाट २३७२ प्रतिनिधिले भाग लिएका थिए । महाधिवेशन प्रतिनिधिले शैक्षिक क्षेत्रको गुणात्मक सुधार, शिक्षामा सीप, विद्यार्थीमा संस्कार र समयअनुसारको प्रविधिमा जोड दिइएको थियो । महाधिवेशनले डिके ढुङ्गानाको अध्यक्षतामा आगामी तीन वर्षका लागि ८९ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको थियो ।

प्याब्सनले कोभिड–१९ तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित भएका निजी विद्यालयको पुनरुत्थानका लागि राज्यको प्राथमिकता क्षेत्रभित्र पारेर आवश्यक वित्तीय सहायताको कार्यक्रममा सहभागी गराउनुपर्ने, सबै बालबालिकालाई राज्यले प्रदान गर्ने सुविधामा समान अवसर प्रत्याभूत गर्न कानुनमा व्यवस्था गरिएको ४५ प्रतिशत छात्रवृत्तिलगायत सबै विभेदकारी व्यवस्था तत्काल खारेज गर्नुपर्नेलगायत माग पनि सार्वजनिक गरेको छ ।

अध्यक्ष ढुङ्गानाले भौतिक पूर्वाधार पुगेका र पर्याप्त जनशक्ति भएका विद्यालयलाई सहज र सरल प्रक्रियाबाट प्राविधिक तथा व्यावसायिक विषयको कक्षा सञ्चालनको सम्बन्धन प्रदान गरिनुपर्ने उल्लेख गर्दै सरकारको सबै तहमा गठित वा भविष्यमा गठन हुने विभिन्न आयोग, समिति, उपसमिति, कार्यदल तथा निकायमा निजी विद्यालयकातर्फबाट सम्मानजनक समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए ।

उनले शैक्षिक संस्थाले विद्यालय र विद्यार्थीका लागि प्रयोग हुने सवारी साधन, प्रयोगशाला सामग्री, पुस्तकलगायत अन्य सामग्रीमा लाग्ने भन्सार एवं कर छुटको व्यवस्था गरिनुपर्ने माग पनि महाधिवेशनले पारित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका

एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको