संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षामन्त्रीको सुझाव



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई बिहीबार सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिको प्रयोगसँगै सो विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै विश्वविद्यालयको हितमा सार्थक उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गर्ने संस्कृत विश्वविद्यालयको योजनामा आफू सकारात्मक रहेको भन्दै उनले कोरोनाका समयमा शिक्षा क्षेत्रलाई पाठ सिक्नुपर्ने र शिक्षाको परम्परागत शैली र संरचनालाई पुनःसंरचना गर्नुपर्ने बताए ।

उनले भने, “अध्ययन/अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने भएको छ, अब विश्वविद्यालय मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै खोज, अनुसन्धान र संरक्षणमा क्रियाशील रहनुपर्ने आवश्यकता भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको