लुम्बिनी प्रदेश विश्वविद्यालय खजुरामै स्थापना गर्न माग



राँझा । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमै स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

भेलाले विश्वविद्यालय बाँकेको खजुरामै स्थापनाको लागि दबाब दिन प्रदेश सभासदस्य आरती पौडेलेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।

बाँके र बर्दियाका प्रदेश सभासदस्य, जिल्ला समन्वय समितिका संयोजक, जिल्लाका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष, पेसागत सङ्घसङ्गठनका छाता सङ्गठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।विश्वविद्यालयका लागि १०० बिघा जमिन कानुनीरुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमार्फत खजुरामा लम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने घोषणा भएको थियो ।

यसका लागि खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका–८ रनियापुरमा एकसय बिघा जमिन नापी गराई प्रदेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुका साथै गाउँसभा र जिल्ला सभाबाट समेत पारित गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनकाअनुसार प्रदेश विश्वविद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको छ । विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले जिल्लावासीलाई चिन्तित हुन पुगेका छन् ।

विश्वविद्यालयका लागि खजुराले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेरै अगाडि बढाइएको भए पनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्न नहुने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो