काठमाडौँ विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने



काठमाडौं । काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो । विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताए ।

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत एक हजार १३१ वटा शिक्षालयमा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले त्यस्तो जनशक्ति उत्पदान गर्न लागिएको उनले जानकारी दिए । उक्त बिटेकएड १३६ क्रेडिट आवरको हुने र चारवर्षे कार्यक्रमका लागि करिब छ लाख शुल्क लाग्नेछ ।

प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ मा भौतिकशास्त्र र गणितलाई मूल विषय बनाए उत्तीर्ण गरेका विद्यार्थी, ९–१२ मा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागी हुन पाउँछन् । यस विषय अध्ययनका लागि ४ वर्षमा पाँच लाख ७२ हजार शुल्क निर्धारण गरिएको छ ।

विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आइटी विषयका लागि ३०, सिन्धुली टेक्निकल इन्स्टिच्युटमा आइटीका लागि २० र सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ ।

यस्तै बुटवल टेक्निकल इन्स्टिच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन् । देशभर यस वर्ष सयजना विद्यार्थीले बिटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ । सो विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले आउँदो फेब्रुअरी २१ सम्म फारम खुल्ला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो

पाल्पाको रामपुरमा शैक्षिक सभाहल निर्माण गरिँदै

रामपुर (पाल्पा) । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको