शिक्षामा लगानी गर्ने वातावरण बन्छः राज्यमन्त्री श्रेष्ठ



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् ।

काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा शनिबार भएका कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए ।

उनले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने बताए । मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे ।

“अहिले पनि ६०/७० हजार विद्यार्थी पढ्न विदेश जाने गरेका छन्, अर्बाैं पैसा विदेश जान्छ,” उनले भने “त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ, सङ्घीय कानुन बनेपछि केही प्रभावकारी हुन्छ ।” राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उनले धैर्य गर्न पनि सुझाव दिए । आजै स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो