पदाधिकारीका कारण त्रिविको शैक्षिक गुणस्तर खस्किएको पूर्वउपकुलपतिहरूको आरोप



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् ।

त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाएका हुन् ।

उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो

पाल्पाको रामपुरमा शैक्षिक सभाहल निर्माण गरिँदै

रामपुर (पाल्पा) । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको