करारका जनशक्ति स्थायी गर्ने त्रिविको निर्णयको विद्यार्थी संगठनद्वारा विरोध



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।

विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्यलाई झण्डै एक अर्ब पाँच करोड बढी भारपर्ने गरी हुने आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा यही मङ्सिर १४ गते भएको त्रिविसभाको बैठकले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई स्थायी गर्ने निर्णय गरेको थियो ।

“विनाप्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनुपर्ने माग आफैँमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद छ”, विज्ञप्तिमा भनिएको छ, “हामी सो निर्णय खारेज गरी आम शैक्षिक युवाले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गर्दछौँ ।”

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवरलगायतले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो