शिक्षामन्त्री पौडेल विद्यालयको आकस्मिक अनुगमनमा पुग्दा….



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार आकस्मिकरुपमा विद्यालयको अनुगमनमा गएका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला शिक्षामन्त्री त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा पुगेका थिए । विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन उनी विद्यालयको अनुगमनका लागि पुगेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले बालबालिकालाई भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा तीन हजार ७०० विद्यार्थी रहेका छन् । कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या केके छन् भन्दै विद्यार्थीलाई सोधेका थिए । “बुबाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो”, उनले भने, “देशमा निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।”

उनले शिक्षक तथा विद्यार्थीले थप परिश्रम गरी नमूना विद्यालयका रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक र विद्यार्थीले गरेको भूमिका नमूना हुने विश्वास व्यक्त गरे ।

एमबिबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई दिएका छन् । “सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ”, मन्त्री पौडेलले भने, “शिक्षाका निम्ति आवश्यक पर्ने कुरामा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।”

कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षाको पढाइ हुन्छ । साथै कक्षा ९ मा इलेक्ट्रिक इञ्जिीनियरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिए । देशभरका सार्वजनिक विद्यालयमध्येको विश्व निकेतन माध्यमिक विद्यालय राम्रोमध्येको एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको