हिमालयन ह्वाइटहाउस कलेजकाे प्रमुख प्रशासकीय अधिकृतमा नारायण आचार्य



काठमाडौं, मंसिर १

पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले प्रमुख प्रशासकीय अधिकृतमा नारायण आचार्यलाई नियुक्त गरेको छ। बुधबार रामशाहपथ पुतलीसडक स्थित कलेजमा भएकाे स्वागत समारोहमा कलेजका निर्देशक प्रा.डा. विनोद पराजुली, प्रमुख कार्यकारी अधिकृत शिव शर्मा पौडेल र प्रिन्सिपल प्रा. तोयानारायण पौडेलले संयुक्त रुपमा खादा लगाई स्वागत गरे।

कलेजमा कार्यरत प्राध्यापक एवं कर्मचारीहरुको सहभागितामा आयोजित उक्त समारोहलाई सम्बोधन गर्दै निर्देशक पराजुली र प्रिन्सिपल तोयानारायण पौडेलले आचार्यकाे अनुभव र दक्षताको कदर गर्दै यो जिम्मेवारी दिईएकोले उनकाे कार्यकालमा कलेजले थप उचाई हाँसिल गर्नेमा बिश्वस्तता प्रकट गरे ।

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २१ वर्षदेखि सञ्चालित कलेज हो । यसमा  व्यवस्थापनतर्फ एमबिए, इएमबिए, बिबिए, बिएचएम लगाएतका कार्यक्रम छन् भने इन्जिनियरिङ तर्फ सिभिल, कम्प्युटर, इलेक्ट्राेनिक्स लगाएतका कार्यक्रम रहेका छन् । त्यस्तै विज्ञान तथा प्रबिधि तर्फ बिआइटी, बिटेक, बायाेटेक र मानविकी संकाय तर्फ स्नातकमा लिबरल आर्ट विज्ञान रहेका छन् ।

अत्याधुनिक सुविधा सम्पन्न काठमाडौँको मुटुमा सञ्चालित यो कलेजलाई पूर्वाञ्चल विश्वविद्यालय कै गौरव र विद्यार्थीहरुको पहिलो रोजाईको कलेज मानिन्छ। प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त आचार्य दुई दशकभन्दा बढी समयदेखि शैक्षिक प्रशासन, व्यवस्थापन र प्रवर्द्धनमा संलग्न र सफल ब्यक्ति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको