प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तालिमप्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार काम गरेर परिणाम निकाल्न आग्रह गरेका छन् ।

मन्त्री पौडेलले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को कार्यालय निरीक्षण गर्दै गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा अहोरात्र खट्न र गम्भीरतापूर्वक लाग्न आग्रह गरे ।

विश्व बैंकको छ अर्ब ऋण सहयोगमा सो परियोजनाको दोस्रो चरणको कार्यक्रमले आगामी असार मसान्तसम्ममा एक लाख १५ हजारलाई सीपयुक्त तालिम दिने लक्ष्य लिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए ।

यसैबीच मन्त्री पौडेलले इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसका अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षरोपण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो