सिटिइभिटीमा शिक्षा मन्त्री पौडेलको निरीक्षण, तल्लो तहसम्म प्रभावकारी हुनेगरी काम गर्न निर्देशन



भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिहीबार सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अवलोकन गरेका छन् । सिटिइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले अवलोकनपछि आयोजित कार्यक्रममा कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभई आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिए ।

“कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सिटिइभिटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरी काम गर्नुहोस्”, शिक्षामन्त्री पौडेलले भने, “यहाँ आएका प्रविधिको प्रयोग प्रभावकारीरूपमा गर्नुहोस्, यसलाई राम्रो ज्ञान केन्द्रका रूपमा लैजाऔँ, यसको थप क्षमता विकास गरेर जाऔँ ।”

कर्मचारीका शत्रुका रूपमा रहेका अल्छिपना, उदासीन, लापर्वाही र भ्रष्टाचारलाई सबैले त्याग्नुपर्छ भन्दै  आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न निर्देशन दिए । ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औँल्याउँदै उनले मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान निर्देशन दिए ।

उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्छ भन्दै उहाँले सिटिइभिटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उनले सिक, कमाउ र तिर भन्ने अवधारणातर्फ जानुपर्ने औँल्याए । रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उनले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिए ।

मन्त्री पौडेलले भने, “उत्पादन, रोजगार र ज्ञानको केन्द्रका रूपमा अरुलाई योग्य जनशक्ति दिने गरी सिटिइभिटी अगाडि बढ्नुपर्छ, एकअर्कालाई समन्वय गरेर प्रतिस्पर्धा गरेर अन्तर समन्वय गर्दै अब ‘सिक, गर, कमाउ र आत्मनिर्भर होऔँ’, भन्ने नारा सिटिइभिटीले दिनुपर्छ ।” सिटिइभिटीको पाठ्यक्रमलाई सुधार गर्ने, यहाँका चुनौतीको सामना गर्दै सबै समस्यालाई एकएक गरी समाधान गर्दै जाने उनले बताए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले देशभरका सामुदायिक विद्यालयमा अनिवार्यरूपमा प्राविधिक शिक्षा सञ्चालन गर्नु आवश्यक रहेको भन्दै विद्यालय र जिल्लाबाट यसको माग पनि भइरहेको बताइन् ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिटिइभिटीले अहिले २०५२ सालकै १४ वटा स्कुलको जनशक्तिका भरमा अहिलेको ६२ वटा स्कुल चलाउनुपर्ने बाध्यता रहेको भन्दै जनशक्ति थप गर्नु आवश्यक रहेको बताए ।

सरकारको राष्ट्रिय शिक्षा नीतिमा ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षाको पहुँच पुर्याउने भन्ने लक्ष्य रहेको चर्चा गर्दै उनले सीप सिक्न चाहनेलाई राज्यले दिगो रहने गरी लगानी गर्नुपर्ने बताए ।

सिटिइभिटीलाई अझै सुधार गरेर लैजानुको विकल्प नभएको भन्दै उनले यहाँको विषय र पाठ्यक्रममा पनि सुधार गर्दै जानुपर्नेमा जोड दिए । सिटिइभिटीअन्तर्गत रहनेगरी आङ्गीक क्याम्पसको माग अत्यधिक बढेको भन्दै उनले त्यसका लागि जनशक्तिसहित तयारी गर्नु आवश्यक रहेको आँैल्याए ।

सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्त्रीले भनेजस्तै सीप सिक, कमाउ र तिर भन्ने अवधारणामा जान लागेको बताउँदै राज्यको आकांक्षालाई परिणाम दिने अवधारणा सिटिइभिटीले अगाडि बढाएको बताए । कर्मचारी अभावले ज्यादै पिरोलिएको बताउँदै उनले भने, “दरबन्दी असाध्यै खड्किएको छ, छिटै कर्मचारीको पदपूर्ति आवश्यक छ, जाडोमा ओढेको छोटो सिरक जस्तो कर्मचारीलाई एकातिर लग्यो, अर्कोतिर पुग्दैन ।”

सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले कर्मचारी अभावले निकै समस्या पारेको उल्लेख गर्दै २०५२ सालको ९३२ दरबन्दीमध्ये ४०० जना स्थायी र एक हजार ७०० करार तथा ज्यालादारी कर्मचारका भरमा देशभरका आङ्गीक संस्था सञ्चालन गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको