मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने



वाग्मती । यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौँडाले जनाएको छ ।

विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । यस वर्ष विद्यार्थीले आफू अध्ययनरत् कलेज तथा विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हजार ३०० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने सो क्याम्पसले जनाएको छ । त्यस्तै हेटौँडा क्याम्पसबाट नियमिततर्फ ३१३ जना विद्यार्थी कक्षा १२ को सो परीक्षामा सहभागी हुने हेटौँडा क्याम्पसका प्रमुख देवेन्द्र मानन्धरले बताउनुभयो । हेटौँडा बाहिर घर भएका विद्यार्थीहरु परीक्षाका लागि आउन शुरु गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा मेडिकल कलेज निर्माण हुने

इलाम । इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ ।

सम्भव भए भौतिक उपस्थितिमा कक्षा सञ्चालन त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको छ

विद्यालय क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि