पाठ्यपुस्तक पाइए पनि कालीकोटमा भएन पढाइ



मान्म । कालीकोटका नौवटै स्थानीय तहका सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्दा पनि पढाइ हुन सकेको छैन ।

जिल्लामा कोभिड–१९ को महामारी कारण विद्यालय बन्द भएपछि बैकल्पिक माध्यमलाई प्रयोगमा ल्याउन नसक्दा करीब ७० हजार विद्यार्थीको पढाइ हुन नसकेको हो ।

वैशाखबाटै विद्यालय नखुलेका कारण विद्यालयले पाठ्यपुस्तक वितरण गरे पनि पढाइ कसरी गर्ने भन्नेमा अन्योल रहेको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए । “पढाइ कसरी गर्ने भन्नेबारे अहिले पनि अन्योल छ । कोभिड–१९ को जोखिम अझै छ”, उनले भने, “विद्यालय नखुल्दा विद्यार्थीको पढाइमा बाधा पुगेको छ ।”

विद्यार्थीको पढाइका लागि वैकल्पिक माध्यम पनि सहज नभएकाले समस्या भएको नरहरिनाथ गाउँपालिका–९स्थित जनप्रभात माविका प्रधानाध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । “विद्यार्थीलाई पढाउनका लागि वैकल्पिक माध्यम बनेको न इन्टरनेट छ भने नत विद्यार्थीलाई भौतिक उपस्थितिमा पढाउने अवस्था छ ।”

विद्यालय नखुले पनि विद्यार्थीहरुलाई घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए । “विद्यालय खुल्ने या नखुल्ने अहिले नै भन्न सकिने अवस्था छैन”, उनले भने, “विद्यार्थीले स्वअध्ययन गरून् भनेर घरघरमा नै पुगेर पाठ्यपुस्तक वितरण गरिएको छ ।”

गाउँमा इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र कोरोना सङ्क्रमण फैलने जोखिमीका कारण विद्यालय खोल्न समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । “अनलाइन कक्षा सञ्चालनबारे छलफल भए पनि सबै ठाउँमा इन्टरनेट र टेलिफोन छैन”, उनले भने“यो वर्ष पनि विद्यार्थीको पठनपाठनमा अन्योल कायमै छ ।”

जिल्लाका सामुदायिक विद्यालयका शिक्षकले सबै विद्यार्थी र शिक्षकमा कोरोना खोप नलगाएसम्म पठनपाठन हुन नसक्ने जनाएका छन् । पठनपाठनका लागि शिक्षक र विद्यार्थीहरुलाई कोभिड–१९ को खोप पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जिल्ला शिक्षक महासङ्घका सदस्य पदमबहादुर मल्लले जोड दिए । “विद्यार्थी र शिक्षकलाई खोप नदिए पढाउन सकिने अवस्था छैन”, उनले भने, “कोरोना खोपको पहिलो प्राथमिकतामा शिक्षक र विद्यार्थीलाई राखिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो