व्यासमा समता विद्यालय सञ्चालनमा ल्याइने



तनहुँ । तनहुँको व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ ।

नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा आवासीय विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र रहेका नाजुक परिवारका बालबालिकामा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले समता विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेको विद्यालय तथा क्याम्पसस्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने उनले बताए ।

व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गरिनेछ । उनले भने, “नगरपालिकाभित्र रहेका विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यपुस्तक र माध्यमिक तहका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउने व्यवस्था मिलाइने छ ।” ‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिनेछ ।

नगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का वर्गका छात्रछात्रालाई अध्ययन गर्नका लागि अनुसन्धान अनुदान एवं छात्रवृत्ति सहयोग पुर्याइने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो