त्रिवि र मदन भण्डारी फाउण्डेशनबीच छात्रवृत्तिमा समझदारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।

फाउण्डेशनद्वारा शनिबार आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्व’ विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाको उपस्थितिमा फाउण्डेशनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउण्डेशनले ल्याउने उपर्युक्त योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताए ।

त्रिविका भौतिक शास्त्रका प्रा डा विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो