नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस



कर्णाली । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाले नेपाली माटो र हावापानी सुहाँउदो शिक्षाका लागि निरन्तर लाग्ने संकल्प गरेको छ । सोमबार सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियानकर्मी, शिक्षासँग सम्बन्धित सरोकारवालाले नमूना विद्यालय निर्माणमा राष्ट्रिय बहस थालनी भएको बताएका छन् ।

नेपालको शिक्षा नीति, नमूना विद्यालयको अवधारणा, ती विद्यालयले गरेका सफल अभ्यास, शैक्षिक नेतृत्व, मुलुक संघीय संरचनामा गएपश्चात् तीन तहका सरकारको दायित्व, समुदायको जिम्मेवारीका बारेमा उक्त कार्यशालामा सघन बहस भयो ।

शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले नमूना विद्यालय निर्माणको विषयमा अवधारणपत्र समेत सार्वजनिक गरेका थिए । उनले देशभरमा शुरु गरिएका नमूना विद्यालयमा धेरै व्यवस्थित हुन नसकेको बताए । अभियान्ता भट्टराईले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक अवस्था, भौतिक पूर्वाधार, जनशक्ति, राजनीतिले पारेको प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सामुदायिक विद्यालय शिक्षण प्रक्रिया राम्रो छैन भन्ने गलत बुझाइ तोड्न नमूना सामुदायिक विद्यालय सफल भएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यार्थीको रोजाइको विद्यालय हुनेगरी नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिए । कार्यशालाको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटा उद्घाटन गरेका थिए भने विभिन्न पार्टीले नेता एवं पूर्वशिक्षामन्त्रीले मन्तव्य दिएका थिए ।
राष्ट्रिय कार्यशालामा देशैभरिका नमूना विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो विद्यालय, पालिकामा शिक्षा क्षेत्रमा भएका सफल अभ्यासबारे जानकारी दिएका थिए । प्रस्तुतिहरुमा सिकाउने, विकाउने र टिकाउने शिक्षामा जोड दिइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका जगत्ज्योति मावि बाँकेका शिक्षिका गणेशाय कार्कीले नमूना विद्यालयका लागि प्रधानाध्यापक, समुदाय र स्थानीय तहको विशेष योगदान हुने बताए । यो कार्यशालाबाट शिक्षामा नयाँ विद्रोह शुरु भएको प्रतिक्रिया दिँदै शिक्षिका कार्कीले नीतिविनाको शिक्षा लगाम विनाको घोडा जस्तै हुने भएकोले सरकारले यसमा विशेष जोड दिनुपर्ने जनाए ।

पद्मोदय मावि काठमाडौंका प्रधानाध्यापक नारायण गौतमले नमूना विद्यालयको अवधारणा, सञ्चालन, सामुदायिक विद्यालयको अवस्था र शिक्षा नीतिका बारेमा कार्यशालाले आगामी रोडम्याप तयार पार्न मार्ग प्रशस्त पारेको तर्क गरे ।

शिक्षाविद् डा. चन्द्रकान्त पौडेलले २१औं शताब्दीमा शिक्षासँग सम्बन्धित चुनौतीको समाधान खोज्नुपर्ने र नेतृत्वदायी संस्थाको रुपमा नमूना विद्यालय विकास गर्नुपर्ने धारणा राखे । बेलायती नागरिक लर्ड मेकालेले निकालेका अवधारणाबाट नेपाललगायतका देशहरु औपनिवेशिक शिक्षाको शिकार भईरहेका अब आफ्नै मौलिकताको शिक्षालाई उत्पादनसँग जोड्ने शिक्षा नीति आवश्यक रहेको औंल्याए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय कार्यशालाले श्रम, उत्पादन, सीप, बजार, आचारणसँग जोड्ने शिक्षालाई जीवनसँग जोडेर लैजाने निष्कर्षसहित ‘उत्कृष्ट विद्यालय निर्माण’को राष्ट्रिय बहस थालनी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो