बजेटमा शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको भन्दै कांग्रेसको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने, निजामती कर्मचारीलाई १० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा र एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम सरकारले ब्यहोर्ने व्यवस्था गरिएको छ ।

विभागका सचिव डा कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्तिमार्फत दुवै सेवा तथा सुविधाबाट शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएकामा आपत्ति प्रकट गर्दै सरकारलाई त्यस्तो विभेदको अन्त्य गर्न आग्रह गरेका छन् ।

साथै विभागले सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको पारिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तोे विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु

 कक्षा १२ को परीक्षामा तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

  भक्तपुर ।  कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान

नाम परिवर्तनका लागि  दुई सयभन्दा बढी विद्यालय महानगरको सम्पर्कमा

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत