जुम्लामा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने



जुम्ला । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

जुम्ला आएका निवर्तमान आन्तरिक मामिला तथा कानून पूर्वमन्त्री भण्डारीले यहाँका जनतालाई चाडै विश्वविद्यालय स्थापना हुने विश्वास दिलाएका हुन् ।

उनले स्वास्थ्य सङ्कटमा कर्णाली प्रतिष्ठानले राज्यलाई सहयोग गरिरहेकाले विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले विश्वविद्यालयको सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हुँदा पारित हुने विश्वास व्यक्त गरे ।

प्रदेश सांसद पदम रोकायाले प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको र अझ कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आफूहरूले छलफल गर्ने बताए ।

विश्वविद्यालय स्थापना भएपछि कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रका कृषि वन, जडीबुटी, ऊर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनसँग सम्वन्धित क्षेत्रको एकीकृतरूपमा अध्ययनअध्यापन र अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा