संस्कृत गुरुकूलमा अङ्ग्रेजी र कम्प्युटर शिक्षा



स्याङ्जा । हामीलाई लाग्न सक्छ–गुरुकूल भन्ने बित्तिकै संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँग सम्बन्धित विषयको मात्रै पठनपाठन हुन्छ तर राम्दीमा रहेको एक गुुरुकूलले तपाई हाम्रो अनुमानलाई गलत साबित गरिदिएको छ ।

स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीमा रहेको संस्कृत गुरुकूलमा संस्कृत विषयसँंगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा समेत पढाइ हुँदै आएको छ ।

गल्याङ नगरपालिका–१, राम्दीस्थित पवित्र धार्मिक तीर्थस्थल कालीगण्डकी नदीको किनारमा रहेको उक्त संस्कृत गुरुकूलमा संस्कृत शिक्षाका साथै नेपाल सरकारको विद्यालय तहको पाठ्क्रम अनुसार चार सय पूर्णाङ्कको अङ्ग्रेजी, नेपाली, सामाजिक र गणित विषय तथा चार सय पूर्णाङ्कको संस्कृत शिक्षाअन्तर्गत संस्कृत भाषा, कर्मकाण्ड, वेद र लघुसिद्धान्त कौमुदीलगायतका विषय पठनपाठन हुँदै आएको गुरुकूलका शिक्षक दीपक गैह्रेले बताए ।

विसं. २०७६ सालदेखि कक्षा ६ र ७ को पढाइ शुरु गरिएको सो गुरुकूलमा अहिले ४० जना विद्यार्थीले आवासीय रुपमा बसेर अध्ययन गर्दै आएका छन् । गल्याङ नगरपालिकाको सहयोग र समन्वयमा सञ्चालन गरिएको गुरुकूलमा चार जना शिक्षक रहेका छन्, जसमध्ये दुई जना शिक्षकको तलब नगरपालिकाले व्यवस्थापन गरेको छ भने अन्य शिक्षक निजी स्रोतबाट व्यवस्थापन गरिएको छ ।

गुरुकूलमा बिहान बेलुकाको समयमा विद्यार्थीलाई योगा सिकाइन्छ भने सातामा एक दिन सङ्गीत सिकाइन्छ । गुरुकूलमा साथीसँगै सङ्गीत र कम्प्युटर शिक्षाको समेत अध्ययन गर्न पाउने भएकोले विद्यार्थीहरु पनि निकै रुचिका साथ पढ्ने गरेको शिक्षकहरुको भनाइ छ ।

कक्षा ६ मा अध्ययन गर्दै आएका दर्पण न्यौपानेले गुरुकूलमा बसेर पढ्न पाउँदा खुशी लागेको बताए । कक्षा ७ मा अध्ययनरत आदित्य पन्थीले लोप हुँदै गएको संकृत भाषाको जगेर्ना गर्नका लागि आफू संस्कृत शिक्षा पढ्न आएको पन्थीको भनाइ छ ।

गुरुकूलका शिक्षक भानुभक्त पराजुलीले नगरपालिका, अन्य सामाजिक संघ संस्थाका साथै भक्तजनको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको बताए । गल्याङका नगरप्रमुख भूपराज अधिकारीले संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुसार गुरुकूललाई नगरपालिकाका र्फबाट सक्दो सहयोग गर्दै आएको बताए ।

वालिङ नगरपालिका र पाल्पाको बगनासकालिका गाउँपालिकाले समेत बेलाबेलामा सहयोग गर्दै आएको गुरुकूलले जनाएको छ । विसं. २०४२ सालमा योगी नरहरिनाथले यहाँ गुरुकूल सञ्चालन गरेको र केही समय सञ्चालन भएर बन्द भई पुनः विसं. २०७६ देखि पुनः सञ्चालनमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको