सङ्खुवासभाका ३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट



सङ्खुवासभा । सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहका विद्यालय सो कार्यक्रमको लागि छनौट भएका छन् । यसले विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने छ । त्यसमा आठमध्ये पाँच वटा कार्यक्रम मात्र परेका छन् ।

जसमा कक्षाकोठा निमार्णतर्फ नौ लाख रुपैयाँ लागतमा खाँदबारी नगरपालिकाको २, चैनपुर नगरपलिका २, धर्मदेवी नगरपालिका १, मादी नगरपालिका १, चिचीला गाउँपालिका १, मकालु गाउँपालिका १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हन् । त्यस्तै खानेपानी सहितको शौचालय निर्माण तर्फ ७ लाख रुपैयाँ लागतमा पाँचखपनको १, कम्युटर ल्याब स्थापनातर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा खाँदबारीका ३, चैनपुरका २, धर्मदेवी १, पाँचखपन नगरपालिकामा ४, चिचिला २, मकालु १ र सभापोखरी गाउँपालिकामा १ विद्यालय छनौट भएका हुन् ।

पुस्तकालय तथा विज्ञान प्रयोगशाला तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा १, पाँचखपन नगरपालिकामा ३, विद्यालय र शिक्षामा नविन प्रर्वद्धन तर्फ ६ लाख ५० हजार रुपैयाँ लागतमा चैनपुर नगरपालिकामा २, धर्मदेवी नगरपालिकामा २ र सभापोेखरी गाउँपालिकामा ६ वटा विद्यालय छनौटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईले जानकारी दिए । छनौटमा परेका विद्यालयहरुमा चालु आर्थिक वर्षमा कार्यक्रम सम्पन्न गर्ने उद्देश्यका साथ सम्वन्धित पालिकामा वजेट पठाउन थालिएको प्रमुख भट्टराईले बताए ।

शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा समवन्वय एकाइमार्फत सङ्घीय सरकारलाई पठाएको र आवेदन पेश भएका जिल्लाका १० वटै स्थानीय तहका ४१२ विद्यालयमध्ये ८ वटा स्थानीय तहका ३४ विद्यालय छनौटमा परेको प्रमुख भट्टराईले बताए ।

छनौटमा परेका विद्यालयमध्ये सवैभन्दा बढी पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाको ८/८ वटा त्यस्तै सवैभन्दा कम मादी नगरपालिकाको एउटा रहेका छन् । त्यस्तै खाँदबारी नगरपालिकाका ५, चैनपुर ७, धर्मदेवी ३, पाँचखपन नगरपालिका ८, मकालु गाउँपालिका २, मादी नगरपालिका १, सभापोखरी गाउँपालिकाका २ वटा विद्यालय छनौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको