चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएसको शैक्षिक सत्रको शुल्क निर्धारण
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शैक्षिक सत्र २०७७ र ०७८ को शुल्क निर्धारण गरेको छ । आयोगले बुधबार सूचना जारी गरी शुल्क निर्धारण गरिएको जनाएको हो ।
आयोगले २०७७/७८ का लागि गत वर्ष कायम भइ कार्यान्वयनमा रहेका कार्यक्रमको हकमा शुल्क यथावत राखी र अन्य हकमा भने एकरूपता कायम गर्ने शुल्क निर्धारण गरिएको जनाएको छ ।
आयोगले एमबीबीएस उपत्यका भित्रको हकमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ तोकेको छ । त्यस्तै, उपत्यका बाहिरको हकमा भने एमबीबीएसको ४४ लाख ३६ हजार २५ रूपैयाको तोकिएको छ ।
its