काठमाडौँ महानगरका विद्यालयहरुमा कक्षा ८ को परीक्षा स्थगित



काठमाडौँ । काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो । आज महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित भएको जनाएको छ ।

यस अघि असारबाट शैक्षिक सत्र सुरु गर्ने योजनाअनुसार परीक्षालगायत शैक्षिक कार्यक्रम चलिरहेका थिए । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदी भन्छन्, ‘त्यसैअनुसार जेठसम्ममा सबै परीक्षा सक्ने गरी कार्यक्रम चलिरहेका थिए । अहिले कोविड संक्रमण बढ्दो क्रममा भएकोले कक्षा ८ को परीक्षा स्थगन गरेका छौँ । एसईई परीक्षा र अर्को शैक्षिक सत्रको शुरुवात् सरबार निर्णय आएबमोजिम गर्नेछौँ ।’
सुवेदीकाअनुसार महामारीको अवस्था हेरेर आगामी दिनका शैक्षिक कार्यक्रमहरुका बारेमा क्रमशः निर्णय हुँदै जानेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखा नगरपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

  काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा