सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन महासङ्घको माग



काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ ।

स्वास्थ्य असुरक्षाका कारण हाल विद्यालय बन्द रहेको र विद्यार्थीको सिकाइलाई निरन्तरता दिने स्पष्ट वैकल्पिक योजना र कार्यक्रम नरहेको प्रति आमअभिभावक चिन्तित भएको महासङ्घले जनाएको छ । महासङ्घले सो विषयमा यही वैशाख ११ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको तर हालसम्म स्पष्ट सुनुवाइ नभएको उल्लेख गरेको छ ।

‘‘शैक्षिकसत्र समयमै पूरा गर्ने र समयमै अन्तिम परीक्षा सम्पन्न गर्ने, गराउने पूर्वशर्त र आकस्मिक शिक्षा कार्ययोजनामा उल्लेख भएअनुसारको वैकल्पिक माध्यमबाट सिकाइ गतिविधि यथाशिघ्र सञ्चालनमा ल्याई विद्यार्थीको सिकाइ निरन्तरताको सुनिश्चितता गर्न माग गर्दछौँ”, महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

विद्यार्थी भर्ना पारदर्शी बनाउन तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

रमेश गिरी, भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण

यसवर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस