सङ्घीय शिक्षा ऐनमा व्यवस्थापन समितिको भूमिका थप स्पष्ट गरिने



काठमाडौं । सरकारले सङ्घीय शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई थप स्पष्ट पार्ने भएको छ । नयाँ संविधानअनुसार सङ्घीय ऐन तर्जुमाका क्रममा रहेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आयोजना गरेको अभिभावकको सवाल प्राथमिकीकरण तथा रणनीतिक योजना अद्यावधिक कार्यशालाको समापनका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहससचिव दीपक शर्माले विद्यालयको गुणस्तर सुधारका लागि व्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक र शिक्षकहरूको सक्रियता महत्वपूर्ण हुने भएकाले ती पक्षको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोका लागि योजनाबद्ध काम गर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता शर्माले सरकारले सामुदायिक विद्यालय सुधार दशक घोषणा गरी कार्यक्रम कार्यान्वयन भइरहेकाले रुपान्तरणकारी राम्रा विद्यालयलाई अगाडि ल्याउन आग्रह गरे । उनले शिक्षामा बजेट बढाउन पहल भइरहेको पनि जानकारी दिँदै सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय सुधार योजना, गाउँ र नगर शिक्षा सुधार योजना बन्नुपर्ने बताए ।

शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा काभ्रेको धुलिखेलमा सम्पन्न तीनदिने कार्यशालाले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउनुपर्नेलगायत १० बुँदे घोषणापत्र जारी गरेको महासङ्घका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

उनले राज्यका नीति, नियम, कानून र निर्देशिका तर्जुमा हुँदा आफूहरुको सहभागिता र स्वामित्व अनिवार्य गर्न र अभिभावकको अधिकारलाई सम्मान गर्न माग गरे । महासङ्घका महासचिव गुणराज मोक्तानका अनुसार महासङ्घका प्रदेश र जिल्लास्तरका पदाधिकारी सहभागी कार्यशालामा शिक्षाविद् डा राजेन्द्रध्व जोशी, शिक्षा विश्लेषक टीका भट्टराई, सहजकर्ता सोमत घिमिरेलगायत स्रोत व्यक्तिका सहजीकरण गरेका थिए ।

मुलुकका २९ हजार सामुदायिक विद्यालयका व्यवस्थापन समितिको प्रतिनिधित्व गर्ने गरी विसं. २०७० मा स्थापित सो महासङ्घमा हाल ४७ जिल्ला समिति गठन भइसकेको छ ।

महासङ्घले विद्यालय व्यवस्थापन समिति र अभिभावकको क्षमता अभिवृद्धि गरी सामाजिक अभियानका माध्यमबाट सुरक्षित र सुशासनयुक्त वातावरणमा बालबालिकाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न नीतिगत वकालत, सरोकारवालाको क्षमता अभिवृद्धि तथा ऐक्यबद्धता र अभिभावकको सङ्गठित क्रियाशीलताको निरन्तरता कायम राख्ने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको