टोखाका विद्यालय पाँच दिन बन्द हुने



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।

“वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ,” उनले भने ।

यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

विद्यार्थी भर्ना पारदर्शी बनाउन तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

रमेश गिरी, भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण

यसवर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस