विदेशमा पनि नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न स्वीकृति



काठमाडौं । सरकारले विदेशमा पनि नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए।

विदेशमा बस्ने नेपाली समुदाय र ती समुदायका लागि काम गरिरहेका संस्थाले नेपाली पाठ्यक्रम माध्यमिक तहसम्मको पठनपाठन गर्न स्वीकृति मागिरहेका थिए। सोही मागबमोजिम मन्त्रालयको प्रस्तावमा बैठकले स्वीकृत गरेको गुरूङले बताए।

उनले भने, ‘देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएकोमा त्यस्ता विद्यालयमा नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न शर्त तोकी अनुमति दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन महासङ्घको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त

कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्टयाउन कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न

देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी