पकिस्तानी दूतावासद्वारा ५५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तानी दुतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दुतावासले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँच सय पचास जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।

नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजार रुपैयाँका दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ । विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दुतावासले हरेक वर्ष छात्रवृत्ति दिदै आएको छ ।

कार्यक्रममा राजदुत शैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखा नगरपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति

  काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा