शिक्षाका साझा सूचीमा गएका विषयको समीक्षा हुनुपर्छः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको देउवाले बताए । कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष केशव भट्टराई, मोहन ज्ञवाली, केशव निरौला, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यलगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायको ध्यान जान नसकेको बताएका थिए ।

स्थानीय तह, जिल्ला र प्रदेशमा शिक्षकको सभा सम्पन्न गरेपछि केन्द्रीयस्तरमा कार्यक्रम गरिएको अध्यक्ष राजेन्द्रराज पौडेलले बताए । सोमबारसम्म चल्ने सभामा देशभरका करिब ७०० शिक्षकको सहभागिता छ । सभाले गरेका निर्णय मङ्गलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोखाका विद्यालय पाँच दिन बन्द हुने

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन्

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डका सबै उपाय अङ्गीकार

कोभिड संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने

कोरोना संक्रमण बढेपछि नेपालगञ्जका विद्यालय एक साता बन्द

नेपालगंज । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने