पर्वतका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु



पर्वत । पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ । बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।

जिल्लाको महाशिला गाउँपालिका–५ लुङखुमा रहेको महेन्द्र ज्योति माविको कक्षा ५ मा अध्ययनरत छात्रा निशा अधिकारीले भनिन्, “बिहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्याह्नको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाइ छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।”

दिउँसो भोक लागेपछि पढाइ छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाइमा पनि निकै सुधार आएको विद्यालका प्रध्यानाध्यापक गोपालप्रसाद अधिकारीले बताए । उनका अनुसार पालिकाबाट प्रतिविद्यार्थी १५ रुपैयाँका दरले रकम आउने गरेको छ ।

सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेका उनले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा पठाउने र पालिकाले रकम सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम शुरु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताए ।

जिल्लाका सात पालिकाका झण्डै २८८ विद्यालयमा दिवा खाजा शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जनाएको छ । समन्वय एकाइ प्रमुख उद्दिमराज पौडेलका अनुसार यो कार्यक्रम लागू भएपछि पहिला विद्यालय छाडेका विद्यार्थी पनि विद्यालय भर्ना भएका छन् भने विद्यालय छाड्नेको सङ्ख्या निकै घटेको छ ।

जिल्लाका सबैजसो सामुदायिक विद्यालयमा यो अभियान थालिए पनि गुणस्तरीय खाजा खुवाएका छन् या छैनन् भन्नेबारेमा भने चुनौती छ । स्थानीय तह र जनप्रतिनिधिले नियमितरूपमा विद्यालयमा अनुगमन गर्नुपर्ने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा.डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित