अब लकडाउन र विद्यालय बन्द हुँदैनन्ः शिक्षामन्त्री श्रेष्ठ



भक्तपुर। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले २५औँ स्थापना दिवस एवं रजत वर्ष मनाएको छ । बोडेस्थित कुमारी मन्दिर परिसरमा शनिबार आयोजनाल गरेको स्थापना दिवसको शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणकै कारण अब लकडाउन नहुने र विद्यालय पनि बन्द नहुने बताए । भारतमा कोरोनाको अर्को लहर बढ्दै गएको र नेपालमा खुल्ला सिमाना रहेकाले भारतबाट कोरोना भित्रिन सक्नेतर्फ सरकार सचेत रहेको भन्दै उनले कोरोनासँग आत्तिएर र डराएर नभई व्यवस्थित गरेर जानुपर्ने औँल्याउँदै स्वास्थ्य मापदण्ड पूरा गरेर दैनिकी अगाडि बढाउनुपर्नेमा जोड दिए ।

“कोरोना सङ्क्रमण हुन नदिन सचेत भएर हिड्नुपर्छ, कोरोना सङ्क्रमण बढेकै कारण अब लकडाउन हुँदैन, विद्यालय पनि बन्द हुँदैन,” मन्त्री श्रेष्ठले भने, “कोरोना सङ्क्रमण बढे स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालयले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा चलाउनुपर्छ तर पढाइ बन्द हुँदैन ।”

मध्यपुरथिमि नगरपालिकामा विकासले कोल्टो फेरेको चर्चा गर्दै उनले यहाँको अर्गानिक तरकारी राष्ट्रपतिको भान्छासम्म पुग्ने र यहाँको विकासको चर्चा प्रधानमन्त्रीदेखि विदेशमा समेत पुग्ने गरेको बताए । वाग्मती प्रदेशसभाका सभामुख सानुकमार श्रेष्ठले विकास निर्माणमा पार्टी नभनेर सबैको सहकार्य, सहमति र एकताबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले मध्यपुरथिमिको विकास तीव्रगतिमा हुनुले यहाँको नेतृत्वको क्षमता उजागर गरेको चर्चा गरे । वाग्मती प्रदेशसभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठ, कृष्णलाल भँडेलले मध्यपुरथिमिलाई सम्पदाको विकासले विश्वमा चिनाउन सफल भएको बताउदै हनुमन्ते करिडोर जनताको सहमतिबाट मात्रै अगाडि बढाउनु पर्नेमा जोड दिए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ३०० शैयया स्वीकृत भएको बताउदै ५० शैययाको प्रसूति वार्ड सञ्चालनको तयारीमा रहेको बताए ।

हनुमन्ते करिडोर प्रशासनको आँडमा जवरजस्ती गर्न खोजेको भन्दै उनले विगतको सहमति अनुरुप जग्गा धनीलाई क्षतिपूर्तिको व्यबस्था नगरेसम्म अगाडि नबढ्ने र स्मार्ट सिटी मान्य नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थी दीक्षित

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ विद्यार्थीलाई

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं ।  राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा.डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित