नेपालमा उच्च शिक्षा समयको बर्बादी हो



भीम उपाध्याय ।

नेपालमा उच्च शिक्षा हासिल गर्नु भनेको समय कटाउनु मात्र हो। कलेज जानु भनेको बेरोजगारी हटाउन केही वर्ष अल्मलाउने मेसो मात्र हो ।
कलेज जानेका ९५% शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जीवन बर्वादी हो ।

यहॉका अधिकाँश विद्यार्थीहरू दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । ८ पासे, १० भए ठूलै पद र पावरमा पुगिन्छ। नेताको पछि लागे जस्तो सुकै नियुक्ति पनि हात लाग्छ। बढी पढेका काम छैन भनेर नेताहरूलाई जिताएर जनताले सत्ता सुम्पिदै रमेकै छन्। नेताका पढाईको स्तर र सीपले देश बनेकै छ। विद्यार्थीका पढाईले तिनलाई रोजगारी पाईन्छ भन्ने पनि कुनै ग्यारेन्टी लिने कोही छैन । पाए विदेश हुईकिने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन ।
कठै! न चरित्र, न ज्ञान, न सीप, न कला, न साहित्य, न भाषा, न ईतिहास, न भूगोल, न अध्यात्म, न संस्कार, न संस्कृति, न विज्ञान प्रविधि, न खगोल, न मानवताको ज्ञानमा कुनै दख्खल छ। अनि यस्तो शिक्षा दिन मैले पढाउछु भन्ने शिक्षकहरूको फुईँ बकवास र बकबक हो, तिनका भट्याई फट्याई र पेट पाल्ने मेसो हो।

यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ? अनि मुलुक अगाडि बढ्छ? ८ पास वा १० पास गरे मनग्यै पुग्छ। त्यति पढे एक्कासौँ शताब्दीको एक्काईसौँ सालमा पुगेर पनि राष्ट्रपति, प्रम, अर्थ मन्त्री, परराष्ट्रमन्त्री भईहालिन्छ। अनि कसैले बेकारमा वर्षौँ पढेर जीवन बर्बाद किन गरेका होलान्! केही वर्ष युवा बेरोजगारीको समस्या समाधान गर्न अल्मलिएकै हैनन् र!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न सात अर्ब १४ करोडको कार्यक्रम

काठमाडौं । उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले सात अर्ब

प्राविधिक जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तालिमप्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा

कोभिड–१९ पछिको शिक्षाः छात्रा बढी प्रभावित

काठमाडौँ । कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण,