कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’का विषयमा सातै प्रदेशमा छलफल गर्ने



काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ । विभागले प्रदेश नम्बर १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ ।

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग