न्यौपानेको अध्यक्षतामा गणित शिक्षा परिषद्मा नयाँ नेतृत्व



गण्डकी । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै समितिका सदस्यहरूमा राधा घिमिरे, मोहन बस्ताकोटी, वेदबहादुर थापा र प्रकाश काफ्ले निर्वाचित भएका छन् ।

अधिवेशनले परिषद्को केन्द्रीय प्रतिनिधिमा सन्तोष न्यौपाने, अनिल श्रेष्ठ, ठाकुरप्रसाद खनाल, हरिश्चन्द्र घिमिरे र मिनबहादुर कार्कीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रविराज पोखरेल, कृष्णबहादुर महत, सोमलाल रिमाल र गजेन्द्र पौडेललाई चयन गरेको छ । यसअघि अधिवेशनको उद्घाटन समारोहमा गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थीले संस्थाले दाताको सहयोगभन्दा पनि आफ्नै साधनस्रोतको उपयोगबाट गणित शिक्षाको समस्या समाधान गर्दै जानेगरेको बताए ।

कार्यक्रममा गणित शिक्षा परिषद् तनहुँका संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले, परिषद्का केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र न्यौपाने र भोजराज कोइराला, गण्डकी प्रदेश समितिका सचिव शरदचन्द्र खनाल, परिषद्को भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोसाई, तनहुँ जिल्ला अध्यक्ष सन्तोष न्यौपाने लगायतले गणित शिक्षाको जग कमजोर भएको भन्दै यसको सिकाइ उपलब्धि बढाउन आधारभूत तहदेखि नै सिकाइ सहजीकरणमा सुधार गर्दै जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

आजबाट एसइई परीक्षा, पाँच लाख चार हजार परीक्षार्थी सहभागी

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष

विद्यार्थी भर्ना पारदर्शी बनाउन तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र